कालोपत्रेको तयारीमा देउराली क्षेत्रपा–फेदी सडक
दोलखा ।
जिल्लाको बैतेश्वर गाउँपालिकाभित्रका ग्रामीण तथा कृषि सडक धमाधम कालोपत्रे गर्न सुरु गरिएको छ । गाउँपालिका वडा नम्बर ४ र ८ अन्तर्गतमा पर्ने ग्रामीण सडक देउराली फेदी–क्षेत्रपा सडकको कालोपत्रे पनि आगामी सातादेखि सुरु हुनेभएको छ ।
प्रदेश सरकार र गाउँपालिकाको अनुदानमा उक्त सडक कालोपत्रे हुनलागेको हो । सडक कालोपत्रेको लागि चालू आर्थिक वर्षमा बैतेश्वर गाउँपालिकाले एक करोड र वाग्मती प्रदेशले एक करोड रूपैयाँ रकम छुट्याएको छ । गत आवमा छुट्याइएको दुई करोड रूपैयाँले उक्त सडकमा मैनापोखरीदेखि सडक ढलान सुरु गरिएको थियो ।
यस वर्ष थप दुई करोड बजेटले ११ सय मिटर थप सडकको कालोपत्रे गर्ने गाउँपालिकाले योजना बनाएको छ । गाउँपालिकाले क्रमगतरूपमा मैनापोखरीदेखि फेदी क्षेत्रपासम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्न लागेको हो । जसमध्ये यसवर्ष एक किलोमिटर सडक पिच गर्ने गाउँपालिकाले जनाएको छ । सो सडक कालोपत्रे गर्न गाउँपालिकाले दियल कन्स्ट्रक्सन एन्ड सप्लायसलाई जिम्मा दिएको छ ।
मंसिरसम्ममा काम सक्नेगरी जिम्मा दिएको कम्पनीले सडकको ग्राबेलिङ, नाला, ग्राबेल र बेसको काम सकेर वैशाख २४ गतेदेखि पिच हाल्ने तयारी गरेको कम्पनीका प्रमुख सुवास तामाङले बताए । मौसमले साथ दिए तोकिएको समयभन्दा दुई महिनाअघि नै कालोपत्रे सक्ने उनले बताए ।
ग्रामीण सडक कालोपत्रे हुने भएपछि वडा नम्बर ८ का स्थानीयहरू आवत जावतमा सहज हुने भन्दै खुसी देखिएका छन् । बैतेश्वर गाउँपालिकाले अन्य चार किलोमिटर ग्रामीण सडकको कालोपत्र गर्न करिब १० करोड बजेट छुट्याएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया