तत्काल अक्सिजनको आपूर्ति र अस्पताल बेडको व्यवस्था गर्न कांग्रेसको माग
काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल अक्सिजनको आपूर्ति र अस्पताल बेडको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अक्सिजनको आपूर्ति तत्काल गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारबाही गर्न पनि माग गरे । उनले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकताअनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न पनि कांग्रेसका तर्फबाट सरकारको ध्यानकर्षण गराएका छन् ।
डा. महतले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । डा. महतद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ का बिरामीहरू अस्पताल बेड नपाएर उपचारबाट वञ्चित भएका समाचारहरू काठमाडौँ उपत्यका लगायत देशभरिबाट आइरहेका छन् ।
अर्कोतिर काठमाडौँ उपत्यकाका धेरै अस्पतालहरूमा अक्सिजनको गम्भीर अभाव हुन थालेको छ । यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीहरूले अक्सिजन नपाउने अवस्था सिर्जना भएको छ । यस्तो समस्या देशका अन्य भागहरूबाट पनि आउन थालेका छन् ।
काठमाडौँ उपत्यकाका कतिपय अस्पतालहरूले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का बिरामीहरूलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन् ।’ सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा. महतको आरोप छ । उनले भनेका छन्, ‘सरकार संक्रमितहरूको आवश्यकताअनुसार न अस्पतालहरूको थप व्यवस्था गर्न सकिरहेको छ न अक्सिजनको समुचित आपूर्ति सकेको छ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया