निषेधाज्ञामा स्मार्ट फोरजीका ग्राहकले रिचार्जमा चार गुणासम्म बोनस पाउने
काठमाडौं ।
स्मार्ट टेलिकमले निषेधाज्ञा अवधिमा आफ्ना ग्राहकहरुलाई रिचार्जमा चार गुणासम्मको बोनस पाउने आकर्षक अफर ल्याएको छ । यस अफरअन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्कभित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्नेछन् ।
यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरूसँग नियमित सम्पर्क गर्नको लागि ग्राहकहरुले प्राप्त बोनस प्रयोग गर्नसक्ने भएकाले यस्तो अफर ल्याएको स्मार्टले जनाएको छ । बोनस ब्यालेन्स नियमित मूल्यमा काटिनेछ । यस अफर लकडाउन अवधिभर मात्र लागू हुने पनि कम्पनीले जनाएको छ ।
स्मार्ट ग्राहकहरुले स्मार्ट वेबपेजमा वा इ–पेमेन्ट पार्टनरहरु (इ–सेवा,फोन पे, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस, इनेट पे, पे प्वाइन्ट नेपाल)मार्फत निषेधाज्ञा अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्नेछन् ।
यसभन्दा अघि स्मार्ट टेलिकमले डबल बोनस अफर ल्याएको थियो । तर परिस्थितिलाई मध्यनजर गर्दै यसपटक स्मार्टले बोनसलाई अझ डबल गरेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तेस्रो लगानी सम्मेलनको कार्यतालिका
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया