काठमाडौं ।
यतिबेला नेपालमा व्यापक भएको कोरोना भाइरस भारतबाट आएको भन्ने मान्यता थापित भएको छ । भारतमा चाहिँ बेलायती भन्ने छ । जहाँको होस् यसको सरुवा क्षमता अत्यधिक भएका कारण बढी सतर्क हुनुपर्ने भनी सरकारले सुझाव दिइरहेको छ । छिमेकी देश भारत संसारभरिको सबैभन्दा बढी संक्रमित भएको देशमा परिचित भएको छ ।
एकातिर विश्व र अर्कातिर भारत अहिलेको भारतको कोरोनाको तत्कालको अवस्था हो । संसारको ठूलो जनसंख्या भएका कारण पनि बढी सतर्क गराउँछ त्यो देशले ।
त्यसकारण नै होला ससारभरिका देशले भारत आवतजावत रोकेका छन् । हवाइ यात्रामा प्रतिबन्ध लागेको छ । यो देशमा भ्रमण नगर्न कतिपय देशका सरकाले आफ्ना नागरिकहरूलाई सतर्क तुल्याइसकेका छन् । यो कुनै अरु कारण होइन महामारीबाट जोगिन/जोगाउन मात्रै हो । यो कुरा नेपाललाई पनि लाग्छ । नेपाली विज्ञहरूले जब दोस्रो लहर प्रकट भयो त्यसलगत्तै सीमा सिल गर्न सुझाएका थिए । तराई प्रदेश खुला सीमाका कारण संक्रमण थामिनसक्नु भएको अवस्था छ ।
यस्तै बेला नेपालले उपत्यका निषेध ग¥यो । हवाइ उड्डयनमाथि पनि प्रतिबन्ध लगायो । तर अचम्म र बुझिनसक्नु के भयो भने संसारभरिका उडान प्रतिबन्धमा परे तर भारतको चाहिँ खुला राखियो । भारतीय उडान खुला राखियो मात्र होइन त्यताबाट आउनेहरूले क्वारेन्टाइन पनि बस्नुपरेको देखिएन । न उनीहरूसँग तत्कालको पीसीआर रिपोर्ट नै माग्ने गरियो ।
भारतको दिल्ली महामारीबाट सबैभन्दा बढी ग्रस्त भएको ठाउँ हो । प्रायजसो भारतीय यात्रु त्यहीँबाट आउँछन् । सरकारको यो गलत निर्णयको सिकार देश कसरी बन्नुपरेको छ भन्ने यो एउटा नमूना नै हुनुपर्छ । त्यसमाथि सरकारले भारतीय नागरिकहरूका लागि नेपाललाई उडान क्षेत्र नै बनाइदियो ।
भारतीय दूतावासको दबाबमा भारतीय श्रमिकलाई साउदी पु-याउने सन्दर्भमा पछिल्लो समय आएको सरकारी निर्णय आपत्तिजनक नै छ । परराष्ट्रले पर्यटन र पर्यटनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लेखेको पत्रले स्वतन्त्रताको समेत खिल्ली उडाएको मान्छन् विज्ञहरू । प्रस्तुत विषयमा परराष्ट्र मन्त्रालयको गत वैशाख २९ को पं.सं. पीआरओ/प्रो एस/०७७/७८/३०, च.नं. ८४६६ को पत्र तथा भारतीय दूतावासको गत वैशाख २९ को पत्र यसैसाथ संलग्न छ ।
माग भई आएबमोजिम भारतीय दूतावासबाट सिफारिस भएका भारतीय नागरिकहरू लैजानको लागि काठमाडौँबाट साउदी अरबको विभिन्न गन्तव्यमा एकतर्फी यात्रु बोक्ने गरी साताका सात उडान गर्न नेपाल वायुसेवा निगमलाई चार्टर्ड उडान अनुमति उपलब्ध गराइएको हुँदा आवश्यक कार्यार्थ त्यहाँ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ । भारतीय नागरिकलाई साउदी पु-याउनको लागि साताको तीन उडान गर्न हिमालय एयरलाइन्सलाई अनुरोध छ भनिएको छ । यो व्यहोरा आफैंमा स्वाभाविक छैन खासगरी उडानमा प्रतिबन्ध लागेको सन्दर्भमा ।
एकातिर नेपाली श्रमिक वैदेशिक रोजगारमा जान पाएका छैनन् आफ्नै देशको उड्डयन प्रतिबन्धका कारण । व्यवसायी संघले पनि आपत्ति जनाएको छ । अन्तर्राष्ट्रिय उडानमा रोक लगाउँदा हजारौँ नेपाली श्रमिक वैदेशिक रोजगारीमा जान वञ्चित हुनपुगेको अवस्थालाई महासंघले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।
यसबीचमा भारतीय दूतावासको दबाबमा काठमाडौँ हुँदै भारतीय श्रमिकलाई साउदी पु¥याउने निर्णय भएको अवस्थाले त नेपालीलाई नेपालकै सरकारले गिज्याएको मानियो । नेपाल सरकारले कोरोना महामारीका कारण भन्दै वैदेशिक रोजगारीका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान नेपालीका लागि बन्द गर्ने र भारतीयका लागि भने खुला गर्नु आफ्नालाई मारेर पराइ पोस्ने काम होे ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकि संगै रहेको मन्दिरबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया