पोखरा विमानस्थलमा विदेशी प्राविधिक आउन सकेनन्
काठमाडौं ।
राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ र भारतीय प्राविधिक आउनसकेका छैनन् । कोभिड १९ का कारण विमानस्थलमा कार्यरत चिनियाँ र भारतीय प्राविधिक आउन नसकेका हुन् ।
यसअघि २०२० सम्ममा सञ्चालनमा ल्याइने भने पनि कोभिडका कारण प्रभावित बनेको विमानस्थल पछिल्लो समय विदेशी प्राविधिक तथा उपकरण र जनशक्ति अभावका कारण थप प्रभावित बनेको छ । ‘प्राविधिक र कामदार गरेर दुई सय जना चिनियाँ र सात जना भारतीय प्राविधिक आयोजनस्थलसम्म आउनसकेका छैनन्’, आयोजना प्रमुख विनेश मुनकर्मीले आर्थिक दैनिकसँग भने । विदेशी प्राविधिक र उपकरण ल्याउन नसक्दा २०७६ चैत अघिदेखि नै निर्माणका काम प्रभावित बनेकोमा हालसम्म पनि सोही अवस्था छ ।
सम्झौताबमोजिम चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले १० जुलाई २०२१ म नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा कोभिडकै कारण ढिलो हुने बताइएको छ । ‘निषेधाज्ञा, जनशक्ति अभावको कारण अंग्रेजी वर्षको अन्तिममा निर्माण सम्पन्न हुनसक्छ’, प्रमुख मुनकर्मीले भने, ‘विमानस्थलको रनवेको पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडा कटानमा पनि समस्या देखिएको छ । रिठ्ठेपानी डाँडाको पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नहुँदा वन क्षेत्र तथा करिब ४० मिटर डाँडा कटान हुन ढिलाइ भएको छ ।
गत फागुनमा मन्त्रीस्तरीय निर्णयमार्फत रुख कटानको लागि अनुमति प्रदान गरिएको थियो । विमानस्थलभित्र इन्धन डिपो तथा ल्याण्डफिल सार्न काम समेत हुनसकेको छैन । आयल निगमले निर्माण गर्ने इन्धन डिपोलाई लिएर कुनै प्रक्रिया अघि नबढाँउदा समस्या भएको उनको भनाइ छ ।
यसअघि चीनबाट ल्याइएको एयर फिल्ड लाइट, रंग, एलिभेटर तथा सजावटका सामग्री तथा डोजर, एक्स्काभेटर, ट्रान्सफर्मर, इलेक्ट्रिकलगायतका सामग्री आयोजनास्थलसम्म ल्याउन समेत समस्या भएको थियो । सामान्य अवस्थामा आयोजनास्थलमा नेपाली, चिनियाँ र भारतीय गरी पाँच सय जना प्राविधिक तथा कामदारहरुले काम गर्दै आएका थिए ।
आयोजनामा हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन सजावट, हंयगर एप्रोन, ट्याक्सी पार्किङ, आइसोलेटेड पार्क, सडकको निर्माणकार्य सम्पन्न भइसकेको छ । २०७६ असारमा ६० प्रतिशत भौतिक प्रगति रहेको विमानस्थलको हाल ७० प्रतिशत भौतिक प्रगति रहेको छ भने विमानस्थल निर्माण लागत २१ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया