म्याग्दी । अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानीका कुण्डलाई संरक्षण गरी व्यवस्थित बनाउन पूर्वाधार निर्माण भएको छ । गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्वार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तातोपानीका कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण गरिएको बताए । ‘प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पूर्वाधारले सहयोग पुग्ने विश्वास छ’, उनले भने, ‘पोखरेबगर नजिकैको रातोपानी कुण्ड संरक्षणका लागि कालीगण्डकी किनारमा पक्की पर्खाल र शरीर डुबाएर स्नान गर्न सकिने पोखरी बनाइएको छ, स्नान गर्ने पोखरीलाई ट्रस पाइप राखेर जस्ताले छाइएको छ ।’
२५ लाख रूपैयाँ लागत अनुमान गरिएको यो आयोजना निर्माण गर्न उत्तरगङ्गा निर्माण सेवाले १७ लाख ७४ हजार नौ सय ५८ रूपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका इञ्जीनियर ईश्वर भण्डारीले बताए । यसैगरी पाउद्धार तातोपानी कुण्डमा पनि दुईवटा पोखरी र ट्रसले छाएको टहरा निर्माण गरिएको छ । पीसीसी ढलान गरिएको पोखरीको भित्तामा टायल राखिएको छ । २० लाख रूपैयाँ लागत अनुमान गरिएको यस योजना निर्माण गर्न बिएनबी कन्स्ट्रक्सनले १४ लाख ६८ हजार रूपैयाँमा ठेक्का लिएको थियो ।
निर्माण कम्पनीले सम्झौताअनुसारको काम सकेर अन्तिम भुक्तानी पनि लगिसकेको इञ्जीनियर भण्डारीले बताए । गाउँपालिकाबाहेक पाउद्वार तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिले पनि पूर्वाधार तयार पारेका छन् । समितिका अध्यक्ष रुमलाल पुनले नयाँ टहरा, सानो पोखरी, विश्रामस्थल, शौचालय र पोखरीको भुइँमा ढुङेगा बिछ्याइएको बताए । समितिको कोषमा रहेको रकम र यस वर्ष पुसदेखि चैतसम्म स्नानका लागि आएकाबाट जुटाएको सहयोग गरी छ लाख रूपैयाँबराबरको काम गरिएको अध्यक्ष पुनले जानकारी दिए ।
रातोपानी र पाउद्वारका तातोपानी कुण्ड उपचारस्थलका रूपमा परिचित छन् । चोटपटक लागेको, सर्केमर्केको, ग्यास्ट्रिक, गानोगोलालगायत समस्या भएका बिरामीको उपचारका लागि यहाँका तातोपानी कुण्डमा स्नान गर्न आउने गर्छन् । टहरा र पोखरी भएपछि जुनसुकै समयमा पनि स्नान गर्न सहज भएको छ । खुला ठाउँमा स्नान गर्दा तथा झरी पर्दा रुझाउने र गर्मीमा घामले पोल्ने समस्या थियो । पोखरीमा शरीर डुबाएर स्नान गर्न पनि सहज भएको छ । तातोपानीको मुहान संरक्षण र पोखरी परिसरमा घेराबारलाई व्यवस्थित गरिएको छ । भुरुङ तातोपानी कुण्ड पर्यटकीयस्थलका रूपमा परिचित छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया