टोक्यो ।
जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो ।
जापानमा लामो समयदेखि निरन्तर जनसंख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसांख्यिक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।
स्वदेशी जनसंख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार आठ सय ३२ बालबालिकाको जन्म भएको छ । यो संख्या अघिल्लो वर्षभन्दा २.८ प्रतिशत कम हो ।
गत वर्षको जन्मदर जन्मदर्ता सुरु गरेको बर्ष सन् १८९९ देखिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । सीएनएनले सार्वजनिक गरेको विवरणमा गत बर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२.३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
जापानमा सन् २०२० मा पाँच लाख २५ हजार चार सय ९० वटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने जनाइएको छ । सन् २०१८ मा गरिएको जनगणनाअनुसार जापानको कुल जनसंख्या १२ करोड ४० लाख रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया