नयाँ दिल्ली ।
भारतमा सुनको मूल्यमा फेरि गिरावट आउनथालेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार सुन ९२ भारु सस्तो भएर प्रति १० ग्रामको मूल्य ४८ हजार चार सय २४ भारु पुगेको छ ।
एचडीएफसीले दिएको जानकारीअनुसार पछिल्लो कारोबारमा सुन ४८ हजार पाँच सय १६ भारु प्रति १० ग्राम मूल्य थियो । यहीअनुसार चाँदी पनि चार सय १४ भारु घटेर ७० हजार एक सय ८१ भारु प्रतिकिलो पुगेको छ । पछिल्लो कारोबारमा चाँदी प्रतिकिलो ७० हजार पाँच सय ९५ भारु थियो ।
गत वर्ष भने सुनले २८ प्रतिशतसम्म नाफा दिएको थियो । त्यसअघि पनि लगानीकर्तालाई सुन कारोबारले २५ प्रतिशत नाफा दिएको थियो । कोरोना महामारीमा सुनले लगानीकर्तालाई झन् धेरै नाफा दिएको थियो । विश्लेषकहरुले सुनको मूल्य अझै एक डेढ वर्ष बढ्ने आकलन गरेका छन् ।
इतिहास हेर्ने हो भने सुनको मूल्य संकटको समयमा बढ्ने गरेको पाइएको छ । सन् १९७९ मा धेरै युद्धका बेला सुन १२० प्रतिशतले बढेको थियो । त्यसयता सन् २०१४ मा सिरियाविरुद्ध अमेरिकाले आक्रमणको तयारी गर्दा पनि सुनको मूल्यले आकाश छोएको थियो । त्यस्तै इरान र अमेरिकाबीच तनाव हुँदा पनि सुनको मूल्य बढेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया