लमजुङ ।
कोरोना संक्रमणका कारण जारी निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस भएको छ । लमजुङ बेँसीसहरको राष्ट्रिय वाणिज्य बैंक शाखामा एकैचोटी ठूलो भीडभाडमा कोरोना संक्रमणको जोखिम मोलेर पेन्सन लिनुपर्ने बाध्यता भएको छ ।
सेवानिवृत्त शिक्षक लेखनाथ शर्माले भीडभाडले जोखिम उच्च रहेकाले डराईडराई पेन्सन लिन लाइन बस्नुपरेको बताए । जागिर खानुभन्दा पनि पेन्सन लिन बढी सकस भएको उनको भनाइ थियो । पूर्वप्रहरी हवल्दार शन्तबहादुर गुरुङ भन्छन्, ‘कोरोना संक्रमणका बेला कम भीडभाड हुन्छ होला भनेर पेन्सन लिन आएको, यहाँ त ठूलो भीडभाड पो रैछ ।’ त्यस्तै, कमल लोहनी, रामबहादुर रावललगायतले सरकारले व्यवस्थित रूपमा पेन्सन वितरणको व्यवस्था गरेको भए यस्तो समस्या भोग्नुनपर्ने बताउँछन् ।
राष्ट्रिय वाणिज्य बैंकका शाखाप्रमुख सोमनाथ पौडेलले पहिला दुईवटा काउन्टर मात्र सञ्चालन गर्दै आए पनि अहिले छवटा काउन्टरबाट पेन्सन लिन आएकालाई सेवा प्रवाह गरिरहेको र यस्तो भीड आगामी आइतबारसम्म पनि हुनसक्ने बताए । यहाँबाट पेन्सन लिने दुई हजार दुई सय जना रहेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । बैंकका अनुसार निषेधाज्ञाका कारण हप्तामा आइतबार र बिहीबार मात्र बैंक खुल्दा यहाँका कर्मचारीलाई एक हप्ताको काम एक दिनमै गर्नुपर्ने बाध्यता भइरहेको छ ।
यहाँको भीड बैंकले व्यवस्थापन गर्न नसकेपछि प्रहरी समेत परिचालन गरिएको थियो । प्रमुख जिल्ल्ला अधिकारी होमप्रसाद लुइँटेलले पेन्सन लिन आएको तथा अन्य सेवाग्राहीका लागि सामाजिक दूरी कायम गर्न बैंकहरूलाई निर्देशन दिएको बताए । तर सेवाग्राहीहरूको भीडभाड अलिअलि भने स्वभाविक हुने उनको तर्क छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया