तीन खर्ब १८ अर्ब८५ करोडबराबरको थप धितोपत्र सूचीकृत
काठमाडौं ।
नेपाल धितोपत्र बोर्डमा चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा तीन खर्ब १८ अर्ब ८५ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धित प्रतिवेदनअनुसार चालू आवको नौ महिनासम्ममा दुुई खर्ब १९ अर्ब ९५ करोडबराबरको विकास ऋणपत्र, ३९ अर्ब ४७ करोडबराबरको साधारण सेयर, ३८ अर्ब ११ करोडबराबरको बोनस सेयर, १४ अर्ब ५५ करोडबराबरको डिबेन्चर, तीन अर्ब ९२ करोडबराबरको हकप्रद सेयर र दुई अर्ब ८५ करोडबराबरको म्युचुअल फण्ड गरी कुल तीन खर्ब १८ अर्ब ८५ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।
यस अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५९ करोडबराबरको साधारण सेयर, ११ अर्ब ८४ करोडबराबरको डिबेन्चर, तीन अर्ब ३० करोडबराबरको म्युचुअल फण्ड र दुई अर्ब ४८ करोड बराबरको हकप्रद सेयर गरी कुल २९ अर्ब २१ करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।
राष्ट्र बैैंकका अनुसार २०७६ चैत मसान्तमा १२ सय ५१ दशमलव पाँच रहेको नेप्से सूचकांक २०७७ चैत मसान्तमा २७ सय १४ दशमलव आठ अंकमा पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३ सय ६२ दशमलव चार अंकमा रहेको थियो । २०७७ चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण तीन खर्ब ७५८ अर्ब ९८ करोड पुगेको छ ।
२०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । २०७७ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १८ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३८ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, चारवटा व्यापारिक संस्था, चारवटा लगानी कम्पनी र तीनवटा अन्य समूहका रहेका छन् ।
राष्ट्र बैंकका अनुसार २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९ दशमलव तीन प्रतिशत छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा सात दशमलव नौ प्रतिशत, लगानी कम्पनीको सात दशमलव आठ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा तीन दशमलव छ प्रतिशत, होटेलको हिस्सा एक दशमलव सात प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव छ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा नौ दशमलव एक प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ चैतसम्ममा सूचीकृत पाँच अर्ब ६७ करोड सेयरको चुक्ता मूल्य पाँच खर्ब ५७ अर्ब ७० करोड रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया