एभरेष्ट बैंकद्वारा नागरिक केयर सेन्टरलाई रकम सहयोग
काठमाडौं ।
एभरेष्ट बैंकले नागरिक केयर सेन्टरलाई सहयोग गरेको छ । बैंकका अनुसार नागरिक केयर सेन्टर, विराटनगरलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत पाँच लाख रुपैयाँ रकम सहयोग गरिएको हो ।
कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुरूप उक्त रकम सहयोग स्वरूप उपलब्ध गराएको जानकारी बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले दिएका छन् । श्रेष्ठका अनुसार नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूमार्फत चेक हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष महेशकुमार जाजू, सदस्य नवीन रिजालज्यू, मोरङ व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी तथा एभरेष्ट बैंक लि., प्रदेश नं. १ का क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठ, विराटनगर शाखा प्रबन्धक साजन केसी र क्षेत्रीय कार्यालयका रमेश भण्डारीको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया