कांग्रेसको अक्सिजन कन्सन्ट्रेटर वितरण अभियान जारी
काठमाडौं ।
नेपाली कांग्रेसले कोभिड–१९ संक्रमणको उपचारमा अतिआवश्यक अक्सिजन कन्सन्ट्रेटर सार्वजनिक अस्पतालमा वितरण गर्ने क्रम जारी रहेको जनाएको छ । कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको एउटा मेसिनले दुई बिरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सन्ट्रेटर अतिआवश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालमा वितरण गर्दै आएको छ ।
पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगले अक्सिजनलगायतका स्वास्थ्य सामग्री खरिद गरी वितरण गरेको समिति संयोजक एवं कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । महतले बिहीबार एक विज्ञप्ति जारी गरी सहयोगका लागि पार्टीका विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई धन्यवाद दिँदै थप आउँदै गरेको आर्थिक सहयोगबाट पनि आगामी दिनमा आवश्यक ठाउँमा सहयोग गर्दै जाने जानकारी गराएका हुन् ।
कोभिड–१९ संक्रमणको रोकथाम, उपचार र राहत सहयोग कार्यमा कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समिति पनि सक्रिय छन् । महतले जनसम्पर्क समितिले समय–समयमा नेपालका विभिन्न जिल्लामा त्यस्तो सहयोग गर्दै आएको उल्लेख गर्दै सभापति शेरबहादुर देउवाको अनुरोधमा केन्द्रीय समितिलाई कोभिड–१९ संक्रमणका स्वास्थ्य सामग्री खरिद गरी बिरामीको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी रहेको समेत जानकारी गराए ।
कोरोना महामारी रोकथामका लागि सचेतना अभियानअन्तर्गत देशभरिका केन्द्रदेखि जिल्ला तहसम्मका कांग्रेसका संरचना, कोभिड–१९ अनुगमन जिल्ला समिति, भ्रातृ एवं शुभेच्छुक संस्था क्रियाशील रहेको डा. महतले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया