भारतमा दैनिक संक्रमितको संख्या ५० हजार तल
नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल संक्रमितको संख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पीटीआईका अनुसार कुल संक्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट कुल संक्रमितको संख्या तीन करोड २८ हजार २०९ पुगेको छ ।
पछिल्लो २५ घण्टामा भने ५० हजार आठ सय ४८ जना संक्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार तीन सय ५८ जना जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या भने तीन लाख ९० हजार छ सय ६० पुगेको छ ।
महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको संख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ । भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकको संख्या घट्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या छ लाख ४३ हजार एक सय ९४ रहेको छ । सक्रिय संक्रमितको संख्या पनि अहिले कम हुदै गएको हो । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार एक सय ९८ पटक परीक्षण भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया