युरोपेली देश माल्टा फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा
पेरिस ।
ग्लोबल डर्टी मनी वाचडग द फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले युरोपेली संघ सदस्यराष्ट्र माल्टालाई आफ्नो ‘ग्रे लिस्ट’मा राखेको छ । तीव्र अनुगमनपछि यस्तो निर्णय लिइएको बताइएको छ । उक्त सूचीबाट पाकिस्तानलाई भने एफएटीएफले हटाएको छैन ।
पाकिस्तानले आतंकवादी लगानी रोक्न राम्रो प्रगति गरे पनि उसलाई अझै सूचीमा कायमै राखिएको छ । एफएटीएफले हैटी, फिलिपिन्स र दक्षिण सुडानलाई पनि ग्रे लिस्टमा राखेको छ । तर घानालाई भने प्रगति भएको भन्दै सूचीबाट हटाएको छ । माल्टाका प्रधानमन्त्रीले भने अन्याय भएको टिप्पणी गरेका छन् ।
एफएटीएफले वर्षौँसम्म अन्तर्राष्ट्रियस्तरमा माल्टा सरकारको नीतिलाई लिएर भएको आलोचनापछि सूचीमा राखेको हो । माल्टामा राष्ट्रिय राहदानी नै बिक्री हुने गरेको, पनामा पेपरमा समावेश सरकारी अधिकारीलाई कानुनी कारबाही नगरेकोलगायत आरोप लगाइएको छ ।
एफएटीएफका अध्यक्ष मार्कस प्लियरले माल्टाले सम्बोधन गर्नुपर्ने कमजोरीका धेरै क्षेत्रहरु रहेको बताए । सम्पत्ति शुद्धीकरण र आतंकवादमा हुने लगानी रोक्न माल्टाले कदम चाल्नुपर्ने उनको भनाइ छ ।
यता पाकिस्तानको पनि तीव्र अनुगमन भइरहेकोले सूचीमै राखिएको प्लियरले बताएका छन् । पाकिस्तानले विश्व सम्पत्ति शुद्धीकरणविरुद्धका मानकलाई भेट्न अझै नसकेको एफएटीएफले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया