नयाँ दिल्ली ।
भारतीय रुपैयाँ १५ महिनायताकै कमजोर भएको छ । गत वर्ष मार्चदेखि महामारीयताकै यो ठूलो अवमूल्यन भएको रोयटर्सले जनाएको छ । मुख्यतः विश्व कच्चा तेलको मूल्यवृद्धि र अमेरिकी केन्द्रीय बैंकको ठूलो राहत प्याकेजका कारण भारु कमजोर बनेको बताइएको छ । व्यापारीहरुका अनुसार तेल आयातकर्ताबाट डलरको माग बढ्दा भारु अवमूल्यनमा त्यसको प्रभाव परेको छ ।
आंशिक रुपमा परिवर्तन हुने भारु प्रतिडलरको तुलनामा ७४.३२ पैसा पुगेको छ । यसअघि ७४.२२ भारु प्रतिडलर थियो । जुन महिनामा भारु २.४ प्रतिशतले अवमूल्यन भएको छ । यसअघि गत मार्चमा ४.६ प्रतिशतले अवमूल्यन भएको थियो । सन् २०२० को जनवरी–मार्च अवधिमा ५.८ प्रतिशतले झरेको भारु पछिल्लो त्रैमासिकमा १.७ प्रतिशतले ओर्लिएको छ ।
ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य दुई वर्षयताकै उच्च हुनु भारतीय रुपैयाँको लागि जोखिम बनेको छ । यदि यो तेल प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगे त्यसले महंगी र चालू खाता घाटामा क्षति पु¥याउनसक्नेछ आईएफए ग्लोबल रिसर्चले आफ्नो नोटमा भनेको छ । ब्रेन्ट क्रुड अहिले प्रतिब्यारेल ७५.२८ अमेरिकी डलरमा अर्थात् शून्य दशमलव सात प्रतिशतले बढेर कारोबार भइरहेको छ ।
भारतले कच्चा तेलको पूरै आवश्यकताको दुई तिहाइ हिस्सा आयात गर्छ । तेलको मूल्य बढाउँदा महंगीका साथै अन्य नीतिगत जटिलता भारतीय केन्द्रीय बैंकमाथि सिर्जना गर्नसक्छ । बैंकले महामारीको प्रभाव न्यूनीकरण गर्ने मौद्रिक नीति अख्तियार गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया