माथिल्लो तामाकोशी उत्पादन सुरु, सोमवार उद्घाटन
दोलखा । दोलखाको बिगु १ लामाबगरमा निर्माण गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ । आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज सोमबार उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले जानकारी दिए । प्रधानमन्त्रीले उद्घाटन गरेपश्चात् आयोजनाको एक युनिटबाट ७६ मेगावाट विद्युत्को परीक्षण उत्पादन सुरु हुनेछ । आइतबार नै खिम्ती सबस्टेसनदेखि गोंगरसम्मको ४७ दशमलव दुई किलोमिटर लामो विद्युत् प्रसारणलाइन चार्जिङ गर्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
२०६७ सालमा मुख्य सिभिल निर्माणकार्यको सुरुवात गरिएको आयोजनाको २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । त्यसको करिब ११ वर्षपछि तामाकोशीको पहिलो युनिटबाट विद्युत् उत्पादन हुनलागेको छ । आयोजनाका अन्य पाँचवटा युनिटबाट विद्युत् उत्पादन गर्नका लागि आवश्यक परीक्षणहरु भइरहेको आयोजनाले बताएको छ । छवटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा आयोजनाबाट ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया