Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘चेम्बर श्रमिकको हकहितको पक्षमा छ’

‘चेम्बर श्रमिकको हकहितको पक्षमा छ’


काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सले आफूहरू सदैव श्रमजीवीहरूको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ । एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै चेम्बरले श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ ।

नेपालको संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई पनि मौलिक हकका रूपमा व्याख्या गरेको उल्लेख गर्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएको छ । श्रमसम्बन्धी ऐन नियमहरूमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्बन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ । चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वस्थ्य सेवामा श्रमिको पहँुच सहज बनाउनका लागि विशेष पहल हुन जरुरी छ ।’ सरकार, निजी क्षेत्र र श्रमिक बर्गको संयुक्त पहलबाट मात्रै मुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया