सानिमा जनरलको तेस्रो वार्षिक साधारणसभा
काठमाडौं ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका अनुसार बुधबार अध्यक्ष खेमराज लामिछानेको सभापतित्वमा केन्द्रीय कार्यालय कमलादीमा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।
भर्चुुअलरूपमा सम्पन्न भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमा (एनएफआरएस) बमोजिम पेस गरेको उक्त प्रतिवेदन पारित गरेको जनाएको छ । सभाले कम्पनीको वार्षिक लेखापरीक्षकमा सुजन काफ्ले एन्ड एसोसिएट्सलाई सर्वसम्वतरूपमा चयन गरेको छ । सभाले सर्वसाधारण सेयरधनी समूहका तर्फबाट प्रपूजा पोखरेल र प्रकाशमान श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।
प्रधान कार्यालयसहित २० वटा शाखामार्फत कारोबार सञ्चालन गर्दै आएको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ८१ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुुई करोड ८९ लाख ४७ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी सात रुपैयाँ ८० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १७ रुपैयाँ छ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयले ल्याएको तरङ्ग
- १६औँ योजनामा घट्यो कुल लगानीको अनुमानित रकम
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया