Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले उखुु किसानलाई पैसा दिलाउन सकेन

सरकारले उखुु किसानलाई पैसा दिलाउन सकेन


काठमाण्डौँ,माघ ८

माघ ७ गतेसम्म चिनी उद्योगीसँग उखुु खरिदको पैसा उठाइदिने सम्झौता संघीय सरकारले किसानसँग गरे पनि किसानले पैसा पाउन सकेनन् । उखुुको पैसा पाउने आशामा किसानहरु रहे पनि मंगलबार कार्यालय सयमसम्म पनि चिनी उद्योगीले पैसा बैंकको खातामा नहालिदिएपछि किसानहरुको आशा निराशामा परिणत भएको छ ।गत पुस १८ गते उखुु किसानसँग माघ ७ गतेभित्र चिनी उद्योगीसँग बाँकी बक्यौता भुक्तानी दिलाइदिने विषयमा संघीय सरकारले सम्झौता गरेको थियो ।

चिनी उद्योगीहरुले किसानहरुलाई झण्डै एक अर्ब रुपैयाँ तिर्नुपर्नेछ । तर, किसानहरुले केही करोड मात्र पाएका छन् । त्यो पनि आन्दोलनमा उत्रिएका किसानहरुले मात्र थोरै रकम पाएका हुन् । चिनी उद्योगीले पैसा नदिएपछि उद्योग मन्त्रालयले केही चिनी उद्योगी खोजिदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ । सरकारसँग गत १८ गते सहमति भएपछि उखुु किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । पैसा नपाएपछि फेरि उनीहरुले आन्दोलन गर्ने तयारी गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया