बीमा कम्पनीहरुको व्यापार उत्साहजनक
एक वर्षमै उठ्यो एक खर्ब ५१ अर्ब ४५ करोड शुल्क
काठमाडौं । विश्व महामारीका बाबजुद बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन बढेको देखिएको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन बढेको देखिएको हो । समितिले चालू आर्थिक वर्ष सुरु भएलगत्तै अर्थात् यही साउन १ गते सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुको स्थलगत अनुगमन गरेको थियो ।
नेपालमा हाल १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी समेत गरी ४० वटा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । यस क्रममा गत शुक्रबार गरिएको स्थलगत अनुगमनका क्रममा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा २८ दशमलव ७१ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा पनि अघिल्लो आवको तुलनामा गत आवमा १५ दशमलव ३५ प्रतिशतले वृद्धि देखिएको प्रवक्ता पौडेलले बताए ।
सोही आधारमा गत आर्थिक वर्षमा बीमा पुनर्बीमाबाहेकको ३९ बीमा कम्पनीहरुले कुल एक खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन । सोमध्ये जीवन बीमा कम्पनीहरुबाट कुल एक खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जीवन बीमा कम्पनीहरुबाट कुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँबराबरको बीमा शुल्क आर्जन भएको उनको भनाइ छ । ‘अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा जीवन बीमातर्फको कुल बीमा शुल्कमा २८ दशमलव ७१ प्रतिशत र निर्जीवन बीमातर्फको कुल बीमा शुल्कमा १५ दशमलव ३५ प्रतिशतले वृद्धि देखिनु सबैको लागि सुखद पक्ष हो’, प्रवक्ता पौडेलले भने ।
उनका अनुसार गत आर्थिक वर्षमा जीवन बीमातर्फ १५ हजार नौ सय ६४ वटा बीमालेखको जम्मा दुई अर्ब २५ करोड दुई लाख र निर्जीवन बीमातर्फ ८६ हजार चार सय ४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख रुपैयाँबराबरको बीमाको मागदाबी भुक्तानी दिन बाँकी छ । गत आर्थिक वर्षमा जीवन बीमातर्फ नौ अर्ब ८८ करोड १४ लाख ६३ हजार तीन सय ३१ वटा बीमालेखहरु व्यतित भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया