हिमालयन बैंक र म्याक्स मनि एसडीएनबीएचडीबीच सम्झौता
काठमाण्डौँ,माघ ८
हिमालयन बैंक लिमिडेड र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडीएनबीएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अविद हमिदले क्वालालम्पुर मलेसियामा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । साथै दुवै संस्थाका प्रतिनिधिले मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन् ।
हिमालयन बैंक लिमिटेड र म्याक्स मनिले आउँदा दिनहरूमा पनि सम्झौतापत्रमा उल्लेखित प्रावधानहरूमा रही अघि बढ्ने जनाएका छन् । यसैबीच हिमालयन बैंकका प्रमुुख कार्यकारी अधिकृत अशोक शमसेर जवराले म्याक्स मनीले विगतमा भुक्तानी गर्नुपर्ने रकममध्ये ३६ करोड रूपैयाँ भुक्तानी गरिसकेको र बाँकी रहेको १६ करोड रूपैयाँ पनि आगामी साउन मसान्तसम्म भुक्तानी गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया