युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुलाई क्वारेन्टिन बस्न नपर्ने
लण्डन । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागू हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताए । उनका अनुसार उनीहरूले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाइसकेको हुनुपर्नेछ ।
यो नियम आगामी सोमबार अर्थात् अगष्ट २ बाट लागू हुने बताइएको छ ।
युरोपियन मुलुकबाट आउनेहरूले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरूले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ । तर, यात्रा गर्नुअघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरूले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।
पछिल्लो समय बेलायत प्रवेश गर्दा फ्रान्सबाहेकका ‘पहेलो सूची’ अन्तर्गतका मुलुकबाट आउने यात्रुहरूले आइसोलेशन बस्नु नपर्ने भएको हो । नयाँ नियमसँगै लामो समयदेखि आफ्ना परिवारबाट टाढिएका व्यक्तिहरूसँग भेट्न पाउने अवसर मिल्ने सरकारले जनाएको छ ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर बढे पनि यसको असर कम भएको भन्दै सरकारले जनजीवन सामान्य बनाउन प्रतिबन्धहरू क्रमशः कम गर्दै जाने जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया