डेल्टा भेरियन्टको उच्च जोखिम, सचेत रहन अपिल
दोलखा । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले पछिल्ला दिनहरूमा कोभिड १९ संक्रमण बढ्दो क्रममा रहेकोले आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति निकाल्दै कार्यालयले नेपालमा कोभिडका नयाँ भेरियन्टहरूको पहिचान भएको र निषेधाज्ञा केही खुकुलो भएसँगै दोलखामा पनि पछिल्ला दिनहरूमा कोभिड १९ संक्रमण बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन आग्रह गरेको हो ।
पछिल्लो समय नमूना संकलन गरी परीक्षण गरिएकामा डेल्टा भेरियन्टसहित नयाँ भेरियन्टहरू समेत पुष्टि भएको र यी भेरियन्टहरूले सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्नसक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न स्वास्थ्य कार्यालय दोलखाले अनुरोध गरेको छ । त्यसैगरी अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कन, निस्कनैपर्ने भएमा नाकमुख छोप्ने गरी मास्क लगाउन, एक–आपसमा भेट्दा कम्तीमा पाँच हातको दूरी कायम राख्न, बारम्बार साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचीमिची हात धुन अनुरोध गरेको छ ।
दोलखामा आइतबार परीक्षण गरेकामध्ये ५५ प्रतिशत मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ । ६१ जनाको कोरोना रिपोर्ट आउँदा ३४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमेश्वर नगरपालिकाको चरीकोट अस्पतालमा ४४ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र अन्य पालिकाहरूमा १७ जनाको एन्टीजिन परीक्षण गर्दा १३ जना गरी ३४ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै सक्रिय संक्रमितको संख्या तीन सय ३१ पुगेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया