बझाड. । थलारा गाउँपालिकाको वडा नं ९ खानी गाउँमा तरकारी र बाली सिँचाइका लागि सेती नदीमा वर्षा पम्प जडान गरिएको छ । युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा वर्षा पम्प जडान गरिएको हो ।
तरकारी खेतीलाई लक्षित गर्दै सेती नदीबाट वर्षा पम्पको सहयोगले गाउँमा पानी लिफ्टिङ गरेर सिँचाइ सुविधा पु¥याइएको हो । सिर्जना परियोजनाको तीन लाखभन्दा बढीको लागतमा पानी तान्ने वर्षा पम्प, पाइप ल्याई गाउँभन्दा तल रहेको सेती नदीको पानी गाउँमा ल्याएको हो । गाउँमा सिँचाइका लागि पानी पुगेपछि यहाँका ३५ परिवार लाभान्वित भएका छन् । सिँचाइको लागि पानी पाएपछि स्थानीय हर्षित भएका छन् ।
तरकारी राम्रो उत्पादन हुने भएको भए पनि यसअघि सिँचाइ सुविधा नहुँदा व्यावसायिक रूपमा तरकारी खेती गर्न नसकिएको स्थानीय दिनेश सुनारले बताए । उनले भने, ‘अरू उत्पादनभन्दा बाह्रै महिना तरकारी उत्पादन राम्रो हुन्थ्यो । तर हिउँदको समयमा सिँचाइका लागि पानी नहुँदा सास्ती भोग्नुपरेको थियो । वर्षातको समयमा त गाउँ नजिकै पानीका मूलहरू फुट्ने भएकाले वर्षे तरकारी राम्रै हुन्थ्यो । अब वर्षा पम्पबाट गाउँमा पानी पुगेपछि तरकारी बालीमा सिँचाइ गर्न सहज हुने भएको छ । गाउँमा पानी पुगेपछि खुसी लागेको छ ।’
अर्का स्थानीय अमर सुनारले गाउँमा सिँचाइका लागि पानी पुगेसँगै वर्षौँदेखिको गाउँलेको तरकारी खेती गर्ने धोको पूरा भएको बताए । ‘घरछेउमै सेती नदी बगे पनि सिँचाइका लागि पानी उपभोग गर्न पाएका थिएनौँ । घरछेउमै ठूलै नदी बगे पनि पानी उपभोग गर्न नपाउनु हाम्रो दुर्भाग्य थियो’ उनले भने, ‘वर्षौदेखि पानीको अभाव भोगेका हामीहरूलाई वर्षा पम्पबाट लिफ्टिङ गरेर ल्याएको पानीले राहत भएको छ ।’ अब हिउँदे तरकारी उत्पादन गर्न पनि सहज भएको उनले सुनाए । वर्षा पम्प जडानसँगै कृषकहरूमा परम्परागत कृषि शैलीलाई परिवर्तन गरी नयाँ प्रविधि र यान्त्रिकीकरण गरेर व्यावसायिक रूपमा तरकारी खेती गर्न सिकाएको उनको भनाइ छ ।
यो प्रविधि २०१४ मा पहिलो पटक नेपाल भित्रिएको हो । नेदरल्यान्डमा बस्ने एक जना नेपालीले नेपालमा ल्याई यसको सुरुवात गरेका थिए । यसलाई पानीको सतहमा राखिन्छ । यो मेसिन हावा र पानीको माध्यमबाट घुम्ने गर्दछ । यो मेसिनबाट २० मिटर भर्टिकल उचाइसम्म र २ किलोमिटर होरिजेन्टलसम्म पानी पठाउन सकिन्छ ।
हावा र पानीबाट चल्ने भएकाले यसको एकतर्फी मात्र खर्च हुन्छ । किन्दा मात्र एक पटक खर्च हुने भएकाले खोला किनाराका सिँचाइ सुविधा नभएका ठाउँका लागि प्रभावकारी हुने युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज बझाङको संयुक्त साझेदारीमा सञ्चालित सिर्जना परियोजनाका कार्यक्रम अधिकृत बलबहादुर ओडले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया