‘इ–पेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था लागू गरौं’
काठमाडौं, माघ १३
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले इ–पेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्न जरुरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवस २०२० को सन्दर्भमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले भन्सार दरबन्दी घटाउनुपर्ने र कारोवार मूल्यलाई नै मान्यता दिएर विश्व व्यापार संगठनको सिद्धान्तअनुसार चल्नुपर्ने बताए । नेपालमा अन्तर्राष्ट्रिय भन्सार दिवस विगत डेढ दशक देखि नै चेम्बरको अगुवाइमा आयोजना गर्दै आएको उनको भनाइ थियो ।
भन्सार प्रशासनमा बिगतको तुलनामा उल्लेखनीय सुधार भएको बताउँदै उनले राजस्वको योगदान मूल्यअभिवृद्धि कर भएको र भन्सारले सहजीकरण गर्ने बताए । आईसीपी÷ड्राइपोर्ट स्थापना भएबाट व्यापार सहजीकरणमा योगदान पुग्ने उनको भनाई थियो । भन्सार मूल्याकंन गर्ने प्रक्रियामा समस्या छन्, अन्यथा प्रमाणित नभए सम्म वा राजस्व चुहावट भएको कुनै पूर्व सूचना नभएसम्म आयातकर्ताले घोषणा गरेको मूल्यलाई मान्यता दिनुपर्ने विश्वव्यापी मान्यताविपरीत मूल्य निर्धारण हुँदा व्यापारी अनेकौँ समस्यामा परेको उनको भनाइ थियो । त्यसैले कारोबार मूल्यलाई अनिवार्य रुपमा मान्यता दिनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । उनले राजस्वको योगदान मूल्य अभिवृद्धि कर भएको र भन्सारले सहजीकरणमा जोड दिन अनुरोध गरे । एकीकृत जांचचौकी तथा सुख्खा वन्दरगाह स्थापना भएबाट व्यापार सहजीकरणमा योगदान पुगेको बताए ।
उक्त कार्यक्रममा राजस्व सचिव शिशिर कुमार ढुंगानाले स्वच्छ र स्वस्थ्य व्यवसाय प्रवद्र्धन गर्नको लागी सरकार र निजी क्षेत्रबीच समन्वय हुनुपर्ने बताए । आर्थिक समृद्धि प्राप्त गर्न सबै क्षेत्र एक भएर जानुको विकल्प नरहेको उनको भनाइ थियो । व्यवसायीकहरुको समस्याहरु उचित ढंगले सम्बोधन गर्न सरकार सदैव तत्पर रहेको उनले बताए । त्यसको लागि निजी क्षेत्रबाट समेत व्यापार सहजीकरणमा आवश्यक सहयोग, सुझाव, सल्लाह र कानूनको परिपालना हुनुपर्ने उनको भनाइ थियो । यस वर्ष भन्सार दिवसको नारा ‘कष्टम फोस्टरिङ सस्टेनेबिलिटी फर पिपल, प्रोस्परिटी एण्ड प्लानेट’ रहेबाट भन्सारबाट आम जनता मुलुकको समृद्धि र हामी वसेको पृथ्वीको समेत वातावरण विकास एवम संरक्षण हुनेतर्फ सरकार सम्वेदनशील रहेको वताए । त्यसैले भन्सारले दिगो विकास जसमा सामाजिक, आर्थिक, स्वास्थ र वातावरणीय आवश्यकता समेत हाम्रो कार्यको केन्द्रविन्दु रहेको बताए ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनलाई पारदर्शी वनाउन सरकार कटिबद्ध रहेको वताउदै भन्सार प्रशासन पूर्णतः डिजिीटल हुने क्रममा अगाडी वढि सकेको बताए । साथै उनले निजी क्षेत्र एवम सरकारबीच यसमा कुनै खाडल भए सो पूरा गर्नुपर्ने बताउदै भन्सार प्रशासनमा वैध व्यापारको विकल्प नभएको बताए । कार्यक्रममा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पूर्ण विक्रम खडकालाइ भन्सार प्रशासनमा योगदान दिएको भन्दै सम्मान समेत गरिएको थियो । प्रत्येक वर्ष भन्सार प्रशासनमा उत्कृष्ट योगदान पु-याएका कर्मचारीलाई चेम्बरले संम्मान गर्दै आइरहेको छ । चेम्बर भवनमा आयोजना भएको उक्त कार्यक्रममा चेम्बरका पदाधिकारी लगायत व्यवसायि प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
- नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना
- सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
- वैदेशिक लगानीका लागि सरकारी प्रयासको प्रशंसा
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया