Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरका खत्री पक्राउ

बैंकिङ कसुरका खत्री पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खगेन्द्र खत्रीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवंं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार खोटाङ जन्तेढुङ्गा गाउँपालिका ३ घर भई हाल काठमाडौंको कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई मंगलबार काठमाडौंबाटै पक्राउ गरिएको हो ।

प्रवक्ता महतोका अनुसार खत्रीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको उच्च अदालत पाटनले ठहर गरेको थियो । सोही आधारमा २०७७ पुस २८ गते प्रतिवादी खत्रीको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र १० लाख ६५ हजार नौ सय रुपैयाँ जरिवाना ठहर भएको थियो । सोपश्चात् फरार रहेका खत्रीलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले मंगलबार काठमाडौंको बालुवाखानीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x