काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले काठमाडौंको होटल क्राउनइम्पेरियलमा आफ्नो २६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाबाट नयाँ सञ्चालन समितिहरू चयन भएका छन् । संस्थापक सेयरधनीतर्फ प्रेमबहादुर सापुङ, डेकिन्द्रकुमार राई, कर्णबहादुर राई, तथा साधारण सेयरधनितर्फबाट रेसु अग्रवाल, नरेन्द्रकुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन् । त्यसैगरी स्वतन्त्र सञ्चालकमा प्रधुम्नकुमार भट्टराई रहेका छन् । फाइनान्सले मुख्य कार्यालयसहित २६ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातैवटा प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ भने विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । फाइनान्सले निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ, एबीबीएस सेवा, चेक बुक, कनेक्ट आईपीएस तथा रेमिट्न्स सेवा दिइँदै आएको छ ।
फाइनान्सका शाखाहरू रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक वुटवल, विजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर, हेटौडा, सर्लाही तथा काठमाडौँ उपत्यकाभित्र डिल्लीबजार, बौद्व, गोगबु, न्यूरोड, सातदोबाटो र भक्तपुर गरी सातैवटा प्रदेशमा जम्मा २६ वटा शाखाहरू र एउटा एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया