टेस्लाले पूर्वकर्मचारीलाई १३ करोड ७० लाख डलर तिर्नुपर्ने
अमेरिका । विद्युतीय कारनिर्माता टेस्लाले पूर्वकर्मचारीविरुद्ध भएको जातीय भेदभाव रोक्न नसकेको भन्दै एक अदालतले क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ । पूर्व अश्वेत कर्मचारीमाथि भएको विभेद नरोकेको कारण १३ करोड ७० लाख अमेरिकी डलर तिर्न टेस्लालाई अदालतले आदेश दिएको हो । लिफ्ट अपरेटर ओवन डियाज नामका ती पूर्वकर्मचारीलाई सन् २०१५ देखि २०१६ सम्म विभेद सहनुपरेको सन् फ्रान्सिस्कोको संघीय अदालतले ठहर गरेको हो ।
कारखानामा अश्वेत कर्मचारीले सधैँ जातीय विभेदकारी शब्दहरु सुन्नुपरेको ती कर्मचारीको भनाइ छ । टेस्लाले अदालतको आदेशलाई आलोचना गरे पनि आफू पनि यस मामिलामा पूर्ण हुन नसकेको टिप्पणी गरेको छ । टेस्लाको फ्रिमन्ट कारखानामा यस्तो विभेद भएको बताइएको छ । मुद्दाकर्ता ती पूर्वकर्मचारीका अनुसार सहकर्मीहरुले दिनहुँ यस्ता शब्द प्रयोग गर्थे । सुपरभाइजरहरुसम्मलाई यसबारे भने पनि टेस्लाले उपयुक्त कदम नचालेको अदालतले आदेशमा भनेको छ ।
अदालतले सोमबार यस्तो फैसला गरेको थियो । जसमा डियाजलाई १३ करोड क्षतिपूर्ति र ६९ लाख डलर मानसिक तनाव सहनुपरेको कारण कम्पनीले तिर्नुपर्ने अदालतले भनेको छ । ती पूर्वकर्मचारीका वकिलहरुले यो आदेशसँगै कारखानाहरुमा हुने विभेदपूर्ण व्यवहार सुध्रिने अपेक्षा गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया