चार दशमलव आठ प्रतिशत अमेरिकी नागरिक अझै बेरोजगार
वासिङटन । गत महिना सेप्टेम्बरमा अमेरिकामा झण्डै दुई लाख नयाँ रोजगारी सिर्जना भएको छ । सरकारले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार सेप्टेम्बरमा एक लाख ९४ हजार अमेरिकीले रोजगारी पाएका हुन् ।
पछिल्लो समय कोरोनाको डेल्टा भेरिएन्ट फेरि फैलिन थाल्दा रोजगारीबारेको नयाँ रिपोर्ट सार्वजनिक भएको हो । बेरोजगारी दर भने अगस्टमा ५.२ प्रतिशत रहेकोमा सेप्टेम्बरमा ४.८ प्रतिशतमा झरेको छ । आतिथ्य, खुद्रा र यातायात क्षेत्रमा रोजगारी सिर्जना उत्साहप्रद रहेको बताइएको छ । तर शिक्षा क्षेत्रमा रोजगारी सिर्जनाको अवस्था खस्केको द यूएस ब्युरो अफ लेबर स्टाटिस्टिक्सले जनाएको छ ।
यसका बाबजुद अमेरिकामा अझै ७७ लाख मानिस कामविहीन छन् । यो संख्या महामारीअघिको अवस्थाभन्दा धेरै रहेको बताइएको छ । श्रम बजारमा मानिसहरुको सहभागिता दरमा पनि थोरै मात्र परिवर्तन देखिएको छ । यस्तो ६१.६ प्रतिशत रहेको छ । यसले रोजगारी गुमाएका मानिसहरु अझै काममा फर्किन बाँकी रहेको देखिएको छ ।
अर्थशास्त्रीहरुले भने पाँच लाख रोजगारी सिर्जना हुने अनुमान गरेका थिए । विज्ञहरुले रोजगारी सिर्जनामा डेल्टा भाइरस संक्रमणको असर देखिएको बतााएका छन् । अमेरिकी केन्द्रीय बैंकले कोरोना महामारीका बेला दिएको राहत बन्द गर्नेबारे सोचिरहेका बेला यस्तो रिपोर्ट सार्वजनिक भएको छ ।
सन् २०२० मा अमेरिकी अर्थतन्त्रमा ठूलै संकुचन आएको थियो । तर फेरि यो वर्षको पहिलो छ महिनामा लयमा फर्किनथालेको थियो । तर कोरोना लहर फर्किँदा अहिले फेरि असर पुग्ने देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया