भ्रष्टाचार अनुसन्धानबारे एयरबसद्वारा सम्झौता
युरोप, माघ १५
युरोपेली विमान निर्माता एयरबसले फ्रान्स, बेलायत र अमेरिकी अधिकारीहरुसँग घुस र भ्रष्टाचारसम्बन्धी अनुसन्धानबारे सम्झौतामा पुगेको जनाएको छ । एक वक्तव्य जारी गर्दै कम्पनीले उक्त सम्झौता तीनै देशमा अदालतबाट अनुमोदन हुने जनाएको छ । एयरबसमाथि विमान बिक्रीमा मध्यस्थकर्ता प्रयोग गरेको आरोप रहेको छ ।
यद्यपि विस्तृतमा यसबारे तथ्यहरु सार्वजनिक भइसकेका छैनन् । तर समाचारहरुमा जनाइएअनुसार कम्पनीले ३ अर्ब युरो जरिवाना तिर्नुपर्ने देखिएको छ । दक्षिण पश्चिम फ्रन्सको टुलाउजमा रहेको कम्पनीले एक वक्तव्य जारी गर्दै तीनवटै देशसँग सम्झौतामा पुगेको जनाएको हो । बेलायतको सिरियस फ्रड अफिसले गत अगष्टमा कम्पनीविरुद्ध भ्रष्टाचार, धोकाधडी र घुसबारे अनुसन्धान सुरु गरेको थियो । विश्वभर १ लाख ३० हजार मानिसले कम्पनीका लागि काम गर्छन् । बेलायतमा एयरबसका १० हजार कर्मचारी रहेका छन् । त्यस्तै फ्रान्स र अमेरिकाले पनि कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया