Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘आबुधाबी डाइलग’मा सहभागी हुन श्रममन्त्री श्रेष्ठसहितको टोली दुबई प्रस्थान

‘आबुधाबी डाइलग’मा सहभागी हुन श्रममन्त्री श्रेष्ठसहितको टोली दुबई प्रस्थान


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्समा सोमबारदेखि सुरु हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’मा सहभागी हुन दुबई प्रस्थान गरेको छ ।

कात्तिक ८ देखि १२ गतेसम्म (२५–२९ अक्टोवर) दुबईमा हुने डाइलगमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल दुबई प्रस्थान गरेका हुन् । मन्त्री श्रेष्ठसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा मन्त्रालयका अधिकारीहरुले विदाइ गरेका थिए ।

श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि स्थापित ‘आबुधाबी डायलग’मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए । ‘आबुधाबी डायलग’ मा १६ देशका श्रममन्त्री सहभागी हुनेछन् भने चारवटा देश पर्यवेक्षकका रुपमा सहभागी हुनेछन् । साथै अन्तर्सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले पनि डायलगमा भाग लिनेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया