Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखातुन पक्राउ

खातुन पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पनि बैंकिङ कसुरको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका–५ बसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका–८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार काठमाडौको बूढानीलकण्ठ नगरपालिका १० चुनीखेलबाट पक्राउ गरिएको हो ।

खातुनविरुद्ध उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर रहेको थियो । सोपश्चात् फरार रहेकी खातुनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रवक्ता महतोले बताए ।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी नबिल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको जानकारी समेत प्रवक्ता प्रहरी उपरीक्षक महतोले दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया