सिभिल सेभिङमा १३ सय ३३ जनाको पाँच अर्ब २७ करोड ठगिएको दाबी
उजुरी आउने क्रम अझै जारी
काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड घोटाला प्रकरण थप जटिल बन्दै गएको छ । उक्त संस्था घोटाला प्रकरणमा उजुरीको संख्या दिनदिनै बढ्नु र सोसँगै दाबी रकम पनि बढ्नुले उक्त प्रकरण थप जटिल बन्दै गएको हो ।
पूर्वसांसद एवं सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका इच्छाराज तामाङको नेतृत्वमा संगठित रुपमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको घोटाला प्रकरणमा कात्तिक १० गते बुधबारसम्म एक हजार तीन सय ३३ वटा उजुरी परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार बुधबार साँझसम्म तामाङविरुद्ध परेको उक्त उजुरीकै आधारमा कुल दाबी रकम पाँच अर्ब २७ करोड चार लाख ६५ हजार रुपैयाँको हाराहारीमा पुगेको छ ।
सिभिल सेभिङ एण्ड क्रेडिटमा बचतकर्ताहरुको निक्षेप रकम घोटाला गरेको प्रकरणमा असोज १८ गते सीआईबीको टोलीले तामाङसहित अन्य १२ जनालाई पक्राउ गरेको थियो । पक्राउलगत्तै सीआईबीले अन्य निक्षेपकर्ता तथा सर्वसाधारणहरुलाई उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनबमोजिम आवश्यक थप कारबाहीको लागि समेत सीआईबीमा सम्पर्क गर्न आग्रह गरेकोमा हालसम्म एक हजार तीन सय १० वटाभन्दा बढी उजुरी परेको प्रवक्ता प्रहरी उपरीक्षक महतोले बताए ।
पक्राउ परेका तामाङसहित १२ जनाको हकमा अहिले मुुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान भइरहेकाले उजुरी अझै बढ्नसक्ने उनको भनाइ छ । पक्राउ परेका तामाङसहित १२ जना व्यक्तिउपर पछिल्लो पटक संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान गर्न दोस्रोपटक १८ दिन म्याद थप भएको छ । यसअघि अनुसन्धानको लागि पहिलो पटक पाँच दिनको लागि म्याद थप भएकोमा हालसम्म तामाङउपर अनुसन्धान गर्नको लागि २३ दिनको लागि म्याद थप भएको उनले जानकारी दिए ।
सुरुमा उक्त सिभिल सेभिङमा बचत रकम जम्मा गर्ने एक सय ३७ जना पीडित बचतकर्ताहरुको ७० करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको भन्दै परेको उजुरीका आधारमा पूर्वसांसद समेत रहेका तामाङसहित १२ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा इच्छाराज तामाङ (सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद् एवं सिभिल बैंकको अध्यक्ष), केशवलाल श्रेष्ठ (सञ्चालक समितिको अध्यक्ष), भगवान बहादुर सिंह (सहजकर्ता प्रबन्धक), मायोनानी महर्जन (जुनियर असिसटेन्ट मेनेजर), एलिना तुलाधर (जुनियर असिस्टेन्ट मेनेजर), शंकर प्रसाद पाठक (जुनियर अधिकृत), संगित श्रेष्ठ (असिस्टेन्ट), राकेश महर्जन (लेखा अधिकृत), बुद्धराज तामाङ (जुनियर सहायक प्रबन्धक), कौस्तुभ केतन ढुंगाना (जुनियर सहायक प्रबन्धक), विजय विक्रम शाह (सिभिल होम्सका वरिष्ठ प्रबन्धक) र हरिहर लामिछाने (पूर्वलेखा समिति सदस्य) रहेका थिए । अनुसन्धानका क्रममा उक्त सहकारीमा कुल दुई हजार ५६ जना बचतकर्ताहरुको सात अर्ब ३६ करोड ३८ लाख ११ हजार रुपैयाँबराबरको बचत रहेको देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया