माछाविवाद ‘अन्त्य गर्न’ बेलायतद्वारा फ्रान्सलाई आग्रह
लन्डन । पेरिसले गम्भीर प्रतिशोधको धम्की दिएपछि बेलायत सरकारले बिहीबार फ्रान्सलाई ब्रेक्जिटपछिको माछा मार्ने अधिकारमाथिको झन्झटिलो प्रक्रियालाई कम गर्न आग्रह गरेको छ । बेलायतका वातावरण मन्त्री जर्ज इसटिसले संसदलाई आफूले यूरोपेली सरकारका आयुक्त भर्जिनिजुस सिन्केभिसियससँग यस सम्बन्धमा छलफल गरेको बताउँदै भने, ‘हामी शान्त रहनु आवश्यक छ र यसलाई हटाउनु महत्वपूर्ण छ ।’
बुधबार फ्रान्सेली अधिकारीहरूले नोभेम्बर २ देखि बेलायती माछा निर्यातलाई लक्षित गर्ने उपायहरूबारे चेतावनी दिएका छन् । यसमा फ्रान्समा ल्याइएका उत्पादनहरूमा समय खर्च गर्ने सीमा नाका र स्वच्छता जाँच र समुद्री खाना अवतरणमा प्रतिबन्ध समावेश थियो ।
युरोप मन्त्री क्लेमेन्ट बिउनले यस महादेशको बेलायतको मुख्य व्यापारिक प्रवेशद्वारलाई खतरामा पार्दै च्यानल पार गर्ने ‘अन्य मालसामान’मा पनि अतिरिक्त जाँच विस्तार गर्न सकिने कुरा बताए र पेरिसले जर्सी (विवादास्पद सामुद्रिक च्यानल) मा बिजुली आपूर्ति कम गर्ने धम्की पनि दिएको छ ।
‘यस मामिलामा बेलायत सरकार विवादास्पद सामुद्रिक च्यानल जर्सीका बिषयमा खरो उत्रिनेछ’, नेता जर्ज आस्टिसले भने । उनले बुधबारको बेलायतको भनाइलाई दोहो¥्याउँदै फ्रान्सेली चेतावनीहरू ‘निराशाजनक र असमान’ रहेको र यसबारे सरकारले उचित प्रतिक्रिया दिने बताए ।
‘फ्रान्सेली माछा मार्ने डुंगाबाट लाइसेन्स आवेदन दिनका लागि ‘हामी प्रतिबद्ध छौँ साथै नयाँ जानकारीबारे विमर्श गरिरहेका छौँ’, आििस्टसले थपे, ‘हाम्रो तर्फबाट यसका लागि ढोका सधैं खुला रहन्छ ।’
बेलायतको यूरोपेली संघ (इर्यू) बाट बहिर्गमनपछि यस वर्षको सुरुमा पूर्ण प्रभाव पारेको हुनाले बेलायतले सात सय ३६ फ्रान्सेली जहाजहरूसहित आफ्नो विशेष आर्थिक क्षेत्रमा माछा मार्न ईयूका एक हजार छ सय ७३ जहाजहरूलाई अनुमति पत्र प्रदान गरेको कुरा उनले बताए । अहिले ईयू मुलुकका कुल एक सय २१ वटा डुंगालाई बेलायतको तटबाट ६ देखि १२ किलोमिटर टाढा माछा राख्न अनुमति दिइएको छ । यसमा एक सय तीनवटा फ्रान्सेली जहाजहरू पनि परिसकेका छन् । बेलायतले कुल ९८ प्रतिशत इयुको आवेदनलाई स्वीकार गरेको थियो र यस बिषयमा बेलायत ब्रसेल्स र पेरिस दुवैसँग ‘रचनात्मक वार्ता’ जारी राख्ने उनले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया