गभर्नर अधिकारीले भने, ‘सेयर धितो कर्जामा लगाइएको क्याप असल नियतले हो’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लगाइएको क्याप असल नियतले आएको बताएका छन् । नेपाल राष्ट्र बैंक अहिले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा प्रस्तुत गर्ने तयारीमा रहेको र यो समीक्षामार्फत सेयर धितो कर्जामा गरिएको कडाइलाई खुकुुलो गर्ने आकलन आम लगानीकर्ताहरुले गरेका थिए ।
तर यहीबीचमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार गरेको अर्थसंवाद कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सेयर धितो कर्जामा गरिएको कडाइलाई निरन्तरता दिने संकेत गरेका हुुन् । अहिले पनि सेयरबजारबाट फाइदा उठाउने समूह भनेको निश्चित रहेको र यही समूहले मात्र फाइदा उठाएको भन्दै गभर्नर अधिकारीले यसलाई करेक्सन गर्नकै लागि सेयर धितो कर्जा अर्थात् मार्जिन लेन्डिङमा चारदेखि १२ करोड रुपैयाँसम्मको सीमा तोकिएको उनले बताए ।
नेपालको सेयरबजारबाट केही सीमित व्यक्तिहरुले मात्र फाइदा उठाएको भन्दै अब साना लगानीकर्ताहरुले पनि सेयर धितो राखेर ऋण लिनसक्ने विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको र यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया