मिथिला लघुुवित्तको नाफा एक करोड ९९ लाख
काठमाडौं । मिथिला लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९९ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ५७ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १३ करोड ६३ लाख ४९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा ५४ करोड ३९ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८४ करोड ५४ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ३३ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३० लाख ७२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ४१ करोड १६ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४५ करोड ५८ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया