आरबीबी मर्चेन्टको छैटौँ वार्षिक साधारणसभा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे छैटौँ वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ । साधारणसभाले आव २०७७/०७८ मा १० प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैंकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैंकिङ सेवा लिन सकिने वातावरण बनाउने बताएका छन् । मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङले ईस्यू मेनेजमेन्ट, आरटीएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ, डिपोजेटरी पार्टिसिपेन्टलगायतको सेवा दिइरहेको बताए ।
साधारणसभामा आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडका सञ्चालकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, पवन रेग्मी, केशवप्रसाद लम्साल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, सेयरधनीका तर्फबाट प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, बैंकका कम्पनी सचिव भोलानाथ पौडेल, कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार कल्पना कुमारी बर्तौला, बाह्य लेखापरीक्षक सीए सुजन सुवेदी, आन्तरिक लेखापरीक्षक सीए एकराज सिग्देललगायत मर्चेन्ट बैंकिङका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । साधारणसभालाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया