नबिल बैंक र दक्षिण कोरियाको स्टार रेमिट कम्पनीबीच सम्झौता
काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टार रेमिट कम्पनी लिमिटेडबीच रेमिट्यान्स (विप्रेषण) सम्झौता भएको छ । बैंकका अनुसार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टार रेमिटका तर्फबाट प्रेसिडेन्ट, अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरूपमा रकम पठाउन सक्नेछन् । रेमिट्यान्स गर्नेबित्तिकै नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सक्छन् । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवाप्रदायकहरूको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिन्छ । बैंकले आफ्ना रेमिट्यान्स/विप्रेषण ग्राहकहरूका लागि रेमिटरहरूका लागि विशेष विशेषतासहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरू, र विशेष सरल कर्जा सुविधाहरूलगायतका थुप्रै सुविधासहितका विस्तारित सेवाहरू प्रदान गर्दै आइरहेको छ । यसका साथै बैंकले आफ्नो रेमिट्यान्स सहयोग केन्द्रमार्फत सबै रेमिट्यान्ससम्बन्धी प्रश्नहरूका लागि प्राथमिकता सेवासम्बन्धी सहयोग समेत प्रदान गर्नेछ ।
साझेदारी सम्झौता हस्तानान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र स्टार रेमिटका अध्यक्ष शर्माले सम्भावित दक्षिण कोरियाका प्रवासी कामदारहरूलाई भेलाको बारेमा उल्लेख गरेका छन् । उचित वित्तीय जागरुकता र बचतलाई सही ठाउँमा लगानी गर्ने निर्णय लिनुको महत्वको बारेमा उनीहरू दुवैले विशेष जोड दिएका छन् । विदेशबाट फर्किने कामदारहरूका लागि नेपालमा उपलब्ध अवसर एवं वित्तीय पहुँच र औपचारिक माध्यमहरूमार्फत विदेशबाट रकम पठाउनु कसरी सुरक्षित हुन्छ र यसले व्यक्तिगत विकासको जग बसाल्न मदत गर्छ भन्ने कुराको बारेमा पनि कार्यक्रममा विशेष जोड दिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया