नागरिक लगानी कोषद्वारा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी
काठमाडौं । नागरिक लगानी कोषले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागिका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
कोभिड–१९ को सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरूका आश्रित परिवारलाई राहत पु-याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरूलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरूका ८४ जना सहभागीका कानुनअनुसारका हकवालालाई कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।
उक्त शाखाका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई दुई लाख रुपैयाँको चेक हस्तारण गरेका हुन् । चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफूलाई राहत पुगेको बताएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया