हात्तीको आक्रमणबाट मृत्यु भएका मगर परिवारलाई १० लाख सहयोग
जनकपुर । आठ महिनाअघि धनुषाको मिथिला नगरपालिका ७ मा जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका ८० वर्षीय पदमबहादुर खप्तरी मगरका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा बिहीबार आयोजित एक कार्यक्रमबीच धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र वन डिभिजन कार्यालय धनुषाका प्रमुख सुनिलकुमार कर्णले संयुक्तरूपमा १० लाख रुपैयाँको चेक मृतकका पत्नी टुकीमाया खप्तरी मगरलाई प्रदान गरे । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ बमोजिम संघीय वन मन्त्रालयले जिल्ला वन कार्यालय धनुषामार्फत सो राहत रकम मृतकका परिवारलाई उपलब्ध गराएको हो ।
राहत रकमको बुझ्दै मृतक मगरका ७४ वर्षीया पत्नी टुकीपमायाले आफूलाई सरकारले यसप्रकारको सहयोग गरेपछि आफ्नो बाँकीको जीवन जिउन सहज हुने बताइन् । २०७७ साल चैत १६ गते राति धनुषाको मिथिला नगरपालिका ७ मा जंगली हात्तीको आक्रमणमा परी पदमबहादुर खप्तरी मगरको मृत्यु भएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया