काठमाडौँ । फेसन नेटवर्क नेपालले क्यान्सरविरुद्ध चेतना जगाउने उद्देश्यले नो सेभ नोभेम्बर फेसन फर कज आयोजना गरेको छ । फेसन कोच, कोरियोग्राफर र अभिनेता प्रशान्त ताम्राकारले क्यान्सरविरुद्ध चेतना जगाउन र मद्दत गर्न यो कार्यक्रमको आइडिया सुरु गरेका हुन् ।
नो सेभ नोभेम्बर एक महिना लामो अभियान हो, जुन हरेक वर्ष विश्वभरि क्यान्सर रोकथाम, अनुसन्धान र शिक्षा, जीवन बचाउन र लडाइँ लड्नेहरूलाई सहयोग गर्नको लागि सचेतना र कोष जुटाउन विश्वभर मनाइन्छ । विभिन्न व्यक्तित्वहरूलाई ‘क्यान्सरविरुद्ध लड्न सँगै हिडौँ’ भन्ने नाराका साथ एक ठाउँमा भेला गर्न र कोष संकलन/दान गर्न, क्यान्सरविरुद्धको लडाइँलाई समर्थन गर्न सुरु गरिएको कार्यक्रममा विभिन्न सेलिब्रेटीहरू, व्यवसायी, परिवार र बालबालिकाहरूले भाग लिएका थिए ।
उनीहरु सबैले रनवेमा सचेतना र सहयोग सन्देशसहितका विभिन्न कार्ड बोकेर हिँड्दै क्यान्सरविरुद्धको लडाइँमा आफ्नो ऐक्यबद्धता देखाएका थिए । धेरै कम्पनी र ब्रान्डहरूले आफ्नो समर्थन विस्तार गर्न यस कार्यक्रमलाई समर्थन र प्रायोजित गरे ।
कार्यक्रममा नेपाल सौन्दर्य कला व्यवसाय संघका अध्यक्ष तथा वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठ, अभिनेता सरोज खनाल, मालविका सुब्बा, सरिताश्री ज्ञवाली, समीरमणि दीक्षित, उरुषा जोशी, मिस नेपाल इभाना मानन्धर, गायिका अभया सुब्बा डा. सुजिता हिराचन, नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसन, दक्षिण भारतमा रहेका अभिनेता तथा निर्देशक विष्णु अधिकारी र अन्य धेरै प्रतिष्ठित अतिथिहरूसहित अन्य सहभागीहरू रनवेमा सहभागी थिए ।
गायक अल्मोडा राणा उप्रेती, मेघा श्रेष्ठ, आफ्रिता खड्गी र सन्देश राई कोइरालाको दमदार प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो । फेसन नेटवर्क नेपालका संस्थापक प्रशान्त ताम्राकार र शेखर राज कसजुले रनवे सहभागिताबाट संकलन भएको कोष नेपाल क्यान्सर रिलिफ सोसाइटी र नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनलाई हस्तान्तरण गरिने बताए ।
प्रशान्त ताम्राकारले थपे, ‘अत्यधिक प्रतिक्रिया र समर्थनले हामीलाई यस उद्देश्यका लागि उत्प्रेरित गरेको छ र आगामी वर्षहरूमा यो कार्यक्रमलाई अझ ठूलो र प्रभावकारी रूपमा सञ्चालन गर्न हामी समर्पित छौँ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया