साना उद्यमलाई प्रवर्द्धन गर्न बंगलादेशलाई एडीबीको १५ करोड डलर ऋण
ढाका । एसियाली विकास बैंकले बंगलादेशलाई १५ करोड ऋण सहायता प्रदान गर्ने भएको छ । एडीबीले घरेलु तथा साना उद्यमलाई लगानी गरी रोजगारी सिर्जना गर्न उक्त सहयोग प्रदान गरिएको द डेली स्टार अनलाइनले जनाएको छ ।
एडीबीले दिने उक्त सहयोग बंगलादेश बैंकले पाउनेछ । केन्द्रीय बैंकले त्यसलाई वित्तीय संस्थाहरुलाई सापटीस्वरुप प्रदान गर्नेछ भने उक्त रकमले ३० हजार उद्यम प्रभावित हुने बताइएको छ । यो परियोजनाअनुसार कम्तीमा पनि ४५ हजार जनाले सन् २०२५ को डिसेम्बरसम्म रोजगारी पाउनेछन् । उक्त रकमको २० प्रतिशत भने महिला सञ्चालित व्यवसायले पाउनेछन् ।
कोरोना महामारीको चपेटामा परेका यी उद्यमलाई एडीबीको ऋण सहायताले सहयोग गर्नेछ । कोरोनाको असरलाई न्यूनीकरण गर्न ‘सपोर्टिङ पोस्ट कोभिड १९ स्मल स्केल इम्प्लोयमेन्ट क्रिएसन परियोजनाअन्तर्गत उपलब्ध गराइएको हो । युवा, ग्रामीण क्षेत्रका उद्यमी, प्रवासबाट फर्किएका कामदार/महिलालगायतले सञ्चालन गरेको व्यवसायलाई यो सहयोग रकम खर्च हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल
- ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
- धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
- माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन
- कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया