काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ३७ दसमलव १८ बिन्दुले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोवार दिन आज बुधबार पनि ५३ दसमलव एक अंकले ओरालो लागेर २४ सय ५५ दसमलव ८० बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ३४ अंकले ओरालो लागेर चार सय ६४ दसमलव ७९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ४२ हजार नौ सय ४६ पटकको कारोवारमा ६५ लाख ६० हजार नौ सय ४७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कारोवार रकम दुई अर्ब ६६ करोड ३९ लाख नौ हजार छ सय २० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक रातै भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया