सहकारीमार्फत ऋण लगानी गरेर व्यावसायिक बन्न युवालाई सुझाव
दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले युवाहरुलाई सहकारीमार्फत ऋण लगानी गरेर व्यावसायिक बन्न सुझाव दिएका छन् । धेरै विदेशबाट फर्केका युवाहरुले नेपालमा आफ्नै व्यवसाय सञ्चालन गर्न सुरु गरेको उल्लेख गर्दै उनले बेरोजगार बनेर बसेका युवाहरूलाई पनि सहकारीमार्फत ऋण तथा अनुदान लिएर व्यवसायमा लाग्न आग्रह गरे ।
यस्तै मुख्यमन्त्री पाण्डेले सहकारीहरुलाई पनि व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । बुधबार दोलखाको मेलुङ गाउँपालिकामा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्थाको १०औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले उत्पादनमुखी व्यवसाय गर्नेलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन पनि सहकारीहरुलाई आग्रह गरे । कार्यक्रममा उनले प्रदेश सरकारले विकास निर्माणको कामलाई प्राथामिकताका साथ अगाडि बढाउने बताए । ठेकेदारको लापरबाहीका कारण अलपत्र परेका आयोजनाको काम सुरु गर्न प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ । उनले मेलुङ गाउँपालिकाको मुख्य सडक सितली–मेलुङ सडकको पिचको लागि पुस महिनाबाटै काम सुरु गर्ने प्रक्रिया अगाडि बढाउने समेत जानकारी दिए । यस्तै मुख्यमन्त्री पाण्डेले बुधबार बिहान तामाकोशी गाउँपालिका–१ भिरकोटमा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारीले सञ्चालन गरेको दाना उद्योगको पनि अवलोकन गरेका थिए ।
कार्यक्रममा गाउँघर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष श्रीराज पोखरेलले सहकारीले किसानलाई विभिन्न कृषि सामग्री, मल बीउ तथा जोत्ने ट्र्याक्टरलगायतका कृषि औजार वितरण गर्दै आएको जानकारी दिए । साधारणसभामा कलाकारहरुको समेत उपस्थिति रहेको थियो । सहकारीले मेलुङ गाउँपालिकाभित्र रहेका कृषकहरुलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउन विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया