क्रिकेटको विश्व वरीयतामा नेपाल १२औं स्थानमा
काठमाडौं, माघ २१
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–ट्वान्टी विश्व वरीयतामा नेपालको स्थान यथावत् रहेको छ । सोमबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो । टी–ट्वान्टीको विश्व वरीयतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टी–ट्वान्टीको खेलाडी वरीयताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन् । उनी यसअघि ६०औं स्थानमा थिए । टी–ट्वान्टीमा नेपाल ११औँ स्थानसम्म पुगेको छ । आईसीसीका अनुसार बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा रहेका छन् । यसअघि उनी ८३औँ स्थानमा थिए । अलराउण्डरतर्फ पारस २७औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५औँ स्थानमा रहेको आईसीसीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया