स्वावलम्बन लघुवित्तको एक शाखा एक छात्रवृत्ति व्यवस्था
काठमाडौं, माघ २२
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एक शाखा एक छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ । संस्थाले आफ्ना ग्राहक सदस्यका जेहेन्दार छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रवृत्तिको व्यवस्था गरेको हो । संस्थाले प्रत्येक शाखा कार्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबभन्दा बढी अंक प्राप्त गर्ने छात्रछात्रामध्ये एक जनालाई नगद र प्रमाणपत्रसहित छात्रबृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।
यो व्यवस्थापश्चात् वित्तीय संस्थाले वित्तीय अनुशासन पालन गर्ने सदस्यका छोराछोरीलाई हाल कायम रहेका संस्थाका प्रत्येक शाखा कार्यालयहरूबाट छात्रवृत्ति प्रदान गर्नेछ । यसरी प्रत्येक वर्ष शाखा कार्यालय बराबर संख्यामा ग्राहक सदस्यका छोराछोरी प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । वित्तीय संस्थाका नेपालभर हाल एक सय ४० वटा शाखा कार्यालयहरू रहेका छन् । छात्रवृत्ति कार्यक्रममा सरकारी/सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्रछात्राहरू प्राथमिकतामा पर्ने समेत जनाइएको छ ।
न्यून आय भएको वर्गलाई लघुकर्जा, लघुबचत, क्षमता अभिवृद्धि तालिमलगायत विभिन्न वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको वित्तीय संस्थाले ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत नेपालभर रहेका आफ्ना शाखा कार्यालयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत अन्य सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ ।
राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको संस्थाले हाल ६१ जिल्लामा रहेका एक सय ४० वटा शाखा कार्यालयमार्फत दुई लाख ४७ हजार सदस्यलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पुँजी एक अर्ब साथै जारी तथा चुक्ता पुँजी ७९ करोड २३ लाख रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया