चितवन । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायातसम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिएका छन् । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्री दाहालले यातायात सेवामा बागमतीलाई मुलुककै नमूना बनाउने आफ्नो मुख्य कार्यभार रहेको स्पष्ट पारे ।
जनताले अनुभूति गर्ने गरी काम गर्न उनले कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । ‘यातायात कार्यालयहरुमा बिचौलियाको बिगबिगी बढेको जनगुनासो छ’, उनले भने, ‘अब त्यसलाई समाधान गर्दै तपाईंहरुले जनमैत्री र सुशासन कायम गरी सेवा दिनुहोस् ।’ बागमतीमा भर्खर मात्रै श्रम रोजगार तथा यातायातमन्त्रीका रुपमा आएका दाहालले कारोना कहर बढेको भन्दै आम सेवाग्राहीहरुको सहजता र आफ्नै सुरक्षाका लागि पनि यातायातका सेवा अनलाइन माध्यमबाट सञ्चालन गर्न समेत आग्रह गरे । जनताले अनुभूति हुने गरी काम अगाडि नबढाए कारबाही गर्न समेत आफू पछि नहट्ने उनले बताए । मन्त्री दाहालले कार्यालयहरुमा सेवाग्राहीको चाप कम गर्न बिलबुक नवीकरणलाई अनलाइन माध्यमबाट सञ्चालन गर्नुपर्ने भन्दै उक्त कार्यका लागि मन्त्रालयले आवश्यक समन्वय गर्न तयार रहेको बताए ।
यसैगरी उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन विशेष जोड दिएका थिए । समीक्षा कार्यक्रममा आव २०७८/०७९ को अर्धवार्षिक समयावधिमा कार्यालयहरुले सम्पादन गरेका कामहरुका साथै आम्दानी र खर्च विवरण र सेवाप्रवाहको यथार्थ विवरणसहित आफ्ना कार्यालयहरुमा काम गर्दा देखापरेका समस्याहरूका विषयमा मातहतका कार्यालय प्रमुखहरुले रिपोर्टिङ्ग गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया