२६ प्रतिशतले बढ्यो ग्रेटवाल मोटर्सको नाफा
बेइजिङ । चीनको ठूलो सवारीसाधन निर्माता ग्रेटवाल मोटरको नाफा सन् २०२१ मा २६ प्रतिशतले बढेको छ । कम्पनीका अनुसार एक अर्ब छ करोड डलर नाफा कमाएको कम्पनीको सञ्चालन आम्दानी ३२ प्रतिशतले बढेर २१ अर्ब डलर पुगेको छ ।
कम्पनीले आइतबार आयव्ययबारे जानकारी दिएको हो । यो कम्पनीले पिकअप र सेडान कारहरु उत्पादन गर्छ । यसअघि यही महिनाको सुरुतिर कम्पनीले आफ्ना सवारीसाधनको शिपमेन्ट गत वर्ष १५.२ प्रतिशतले बढेर १२ लाख ८० वटा पुगेको बताएको थियो । त्यसमध्ये झण्डै ७ लाख ५० हजार २ सय २८ वटा हावल एसयूभी रहेका थिए । विद्युतीय गाडी ओरा सेडानको पनि अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी १ लाख ३४ हजार २८ वटाले शिपमेन्ट भएको छ । कम्पनीको भारत, रुस र थाइल्यान्डमा कारखाना रहेको छ ।
कम्पनीको व्यवसाय समेत ३.८ प्रतिशतले विस्तार भएर गत वर्ष दुई करोड ६० लाख युनिट पुगेको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया