रिलायन्स फाइनान्सको नाफामा उच्च वृद्धि
काठमाडौं, माघ २३
रिलायन्स फाइनान्सको नाफा उच्चरूपमा बढेको छ । ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नारासहित सञ्चालनमा आएको फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड २२ लाख ३९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा फाइनान्सको वितरणयोग्य नाफा भने चार करोड २९ लाख ४४ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सले ४३ लाख ५० हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा चार अर्ब ६३ करोड १७ लाख पाँच हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९० करोड १५ लाख ७८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड लाख ९२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले तीन अर्ब ६१ करोड चार लाख ७१ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १६ करोड १३ लाख २५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ४९ लाख ९० हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
यसैबीच फाइनान्सका प्रमुुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले यस वर्ष १० वटा शाखा खोल्ने तयारी गरेको बताएका छन् । फाइनान्सले यो वर्ष १० वटा शाखा खोल्ने प्रस्ताव राष्ट्र बैंकमा पठाएका उनले बताएका छन् । प्रमुुख कार्यकारी श्रेष्ठका अनुुसार प्रस्तावित शाखाहरूमा उपत्यका बाहिर धनगढी, कोहलपुर, महेन्द्रनगर, अत्तरिया, धुुलाबारी, दमक, बिर्तामोड, भैरहवा र टाँढी रहेका छन् भने उपत्यकाभित्र सितापाइला रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया