कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले खोकना कुष्ठरोग शिविरमा रहेका दुई सय कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ । जापानको निप्पन फाउन्डेसनको आर्थिक सहयोगमा एनएमएले सुरु गरेको ‘कोभिड–१९ प्रभावित पर्वतारोही र कुष्ठरोगबाट प्रभावित व्यक्तिका लागि मानवीय सहायता कार्यक्रम’ परियोजनाअन्तर्गत उक्त वितरण गरिएको हो ।
खोकना आरोग्य आश्रम परिसरमा आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं २ का अध्यक्ष रामचन्द्र क्षेत्री, एनएमएका अध्यक्ष सन्तवीर लामा र नेपाल कुष्ठरोग निवारण संघका प्रशासकीय अधिकृत जीतबहादुर हमालले उनीहरूलाई न्यानो कपडा र स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् । शिविरमा आश्रय लिएका प्रत्येक व्यक्तिलाई ज्याकेट, एक डबल साइजको कम्बल, २३६ एमएल ह्यान्ड सेनिटाइजरको बोतल, एक जोडी डेटोल साबुन र ५० थान मास्कको प्याकेट वितरण गरिएको थियो । शिविरले हाल देशभरबाट आएका दुई सय कुष्ठरोगीलाई सेवा दिइरहेको छ ।
शिविरका कुष्ठरोग पीडित उमाप्रसाद तिवारीले निप्पोन फाउन्डेसनले धेरै पटक आफूहरुलाई सहयोग गरेको बताए । एनएमए अध्यक्ष सन्तवीर लामाले फाउण्डेसनले नेपालका कुष्ठरोगीहरूलाई धेरै पहिलेदेखि सहयोग गरेको स्मरण गरे । कार्यक्रममा फाउन्डेसनका वरिष्ठ निर्देशक सेको मसातोले यो सहयोग उनीहरूको दैनिक जीवनमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
कार्यक्रममा फाउण्डेसनका कार्यक्रम निर्देशक माकोटो वाडा र कार्यक्रम अधिकृत रेमी मसुदा पनि जुममार्फत सामेल भएका थिए । यस्तै एनएमएका महासचिव कुलबहादुर गुरुङ, सचिव टिकाराम गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, सचिवालय सदस्य त्रिपाठी दीपेन्द्र पाण्डे, सिङ्गी लामा र शिवबहादुर सापकोटा, केन्द्रीय कार्यसमिति सदस्य सञ्जीव गुरुङ, पासाङ भोटे, सार्की तामाङ र एनएमएका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राई पनि कार्यक्रममा सहभागी थिए । एनएमएले आयोजनाअन्तर्गत आगामी महिना तीन हजार (तीन हजार) पर्वतारोहीलाई राहत (खाना) प्याकेज पनि वितरण गर्ने जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया